भुल के थ्यो ! बचनको ,छुरा धसी मार्यौ सानु
त्यो मुटुमा जाने बाटो, नजरले बार्यौ सानु
दिएकै'थेँ मुटु भरि , रित्त्याएर माया सबै
वस्ति मेरो उजाडेर , घरेडी त्यो खार्यौ सानु
सयौ बिन्ति गरे पनि, मैले माफी मागें पनि
फेरी किन गुनासोमै ,सिंगो खुसी टार्यौ सानु
मुटु भिन्दै बनाएर, मेरो लागि मरी सक्यौ
मेरो हाँसो निखारेर, मन अन्तै सार्यौ सानु
आफ्नो खुसी फुटाएर मेरो खुसी लुट्न खोज्दा
मैले जितें पिरतीमा ,तिमी आज हार्यौ सानु
नरेश रोकाहा , दरौ - २ , कुन्चेबारी स्याङ्गजा ,गण्डकी नेपाल . हाल : यु ए ई दुबई
नरेश रोकाहा , दरौ - २ , कुन्चेबारी स्याङ्गजा ,गण्डकी नेपाल . हाल : यु ए ई दुबई







