गजल

लथालिंग भए आस्था , जोडिदिन बर माग्दा
उजाडियो जिन्दगानी , शान्त यौटा घर माग्दा
न गाँसै भो न बासै भो , एक्लो भएँ  दुनियामा
दोष मिल्यो गल्लि माझ , जिउनलाई थर माग्दा
हराएछ मानबता ,स्वार्थी सबै संसारमा
बाँच्न खोजें आस्था पाली ,ज्युदै मरें भर माग्दा
रहर भो आफ्नो  छुट्टै ,बेग्लै बस्ती बसाउन
नानाभाँती जाल बुन्छन् , झुपडीलाई खर माग्दा
बिक्षिप्तयो मनलाई ,सम्हाल्ननै गाह्रो यहाँ
हरे सबै बाँकी हर्ष , बास अलि पर माग्दा
http://picasion.com
http://picasion.com
http://picasion.com
..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ.............. ..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ..............