गजलबारे ईश्वर दाहाल कविजी
साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो ।गजलको उद्गम स्थल अरबलाई मानिन्छ ।
अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारीर अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै
उत्तर भेटिदैनतर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन् । गजलको शाब्दिक अर्थप्रेमिकासँगको कुराकानी, स्त्रीको
वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवनानारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ ।
फारसी भाषामा गजलको अर्थहुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो,जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्कप्राय सबै विद्वानहरुले राखेका छन ।
नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली शब्दकोशका अनुसार प्रेमकाविषयमा शृङ्गार रसका कविता लेखिने
एक प्रकारको फारसी वा त्यसै छन्दमा लेखिएकोकविता नै गजल हो । उर्दू हिन्दी शब्दकोशका अनुसार प्रेमिकासँग कुराकानी
भन्ने अर्थदिएका छन् । धेरै विद्धानहरुले आफ्नै किसिमले गजलको परिभाषा दिएका भए पनिनिष्कर्षमा गजल भनेको
प्रेमलाई समेटेर निश्चित लय र तालमा लेखिने काव्य हो भन्ने बुझ्न्सकिन्छ ।
आज आएर गजल हामी सबैसँग भिजिसकेको विधा हो । वास्तवमा गजल कस्तो हुनुपर्दछयसमा विद्वानहरुको आ—आफ्नै
मान्यता भए पनि साझा मान्यताका रुपमा निम्नकुराहरुअगाडि सारेका छन् । गजल सुकोमल शब्द र ह्दयस्पर्शी भावहरुको
अभिव्यक्ति हो ।गजलमा थोरै शब्दबाट धेरै, सुक्ष्म तथा गहन विषयवस्तुको प्रस्तुतीकरण हुनु पर्दछ ।
गजलको एउटै शेर पनि गद्यविधाका कयौ आलेखहरु भन्दा प्रभावकारी हुनु नै यसकोविशेषता हो ।
गजलमा श्रृतिकटु, अश्लिल, दुरुह, क्लिष्ट, अभद्र र अपमान तथाअनादारवाची शब्दहरु मान्य हुँदैनन् ।
गजलमा गाली पनि मिठो शब्दले गर्न जान्नु पर्दछ ।गजल लयवद्ध हुनुपर्दछ र संगीत नै यसको विशेषता हो ।
प्रत्येक शेरहरु कलापक्षका दृष्टिलेपूर्णत स्वतन्त्र र स्वायत्त हुन्छन् साथै गजलमा शिर्षक हुनु हुँदैन शिर्षक
राखिन्छ भने त्योकविता या गीत मात्र बन्दछ गजल हुन सक्दैन । शब्दको कोमलता र अर्थको रोचकतापूर्णप्रवणशीलता तथा
विचित्रता गजलका विशेषता हुन ।
गजल हुनलाई अति आवस्कीय कुराहरु के के हुन त ? यदि हामी गजल लेख्न चाहन्छौ भने यीकुराहरु पनि हामीले जान्नै पर्ने
हुन्छ आउनुहोस यस विषयमा चर्चा गरौ । गजल हुनलाईचाहिने मुलभुत तत्वहरु निम्न छन् ।
१ शेर
गजलमा शेर एक प्रमुख तत्व मानिन्छ गजल भन्नु नै शेरहरुको समष्टि रुप हो । गजलएउटा माला हो भने शेर त्यसमा
उनीएका थुङ्गाहरु हुन् । एक शेरमा दुई पङ्क्ती हुन्छन् ।शेरको पहिलो पङ्क्तीलाई मिसरा ए उला र दोश्रो पङ्क्तिलाई मिसरा
ए सानी भनिन्छ ।शेरको एउटा मिसरामा कम्तीमा पनि छ अक्षर हुनै पर्दछ । त्यसमा दुई रुक्न अनिवार्यमानिन्छ सबैभन्दा सानो
रुक्न तीन अक्षरको हुन्छ । हरेक शेरको मिसरा ए उलाले कुनै पनिविषयको उठान गर्दछ र मिसरा ए सानीले त्यसलाई पुष्टि गर्नु पर्दछ ।
गजलहरु प्रायः पाँचशेरका हुन्छन तर चार देखि ते¥ह शेर सम्म लेखिएका गजलहरु पनि यदाकदा पाईन्छन् ।
विषयवस्तुका दृष्टिले हरेक शेरहरु स्वतन्त्र भए पनि एउटै बहरमा लेखिएको भने हुनुपर्दछ ।एउटा शेरमा एउटा अनुभुतिको सम्पूर्ण
अभिव्यक्ति हुनुपर्दछ यदि एउटा शेरमा अभिव्यक्तहुन नसकेर बाँकी अंश अर्को शेरमा आउँछ भने त्यसलाई गजल मान्न सकिदैन ।
विषय वस्तुप्रस्तुतीका दृष्टिले गजल मुलत दुई प्रकारका हुन्छन् ।
(क) मुसलसल गजल ः एउटा गजलका सम्पूर्ण शेरहरुमा एउटै विषयवस्तु प्रस्तुती भएकोछ भने त्यस्तो गजललाई मुसलसल
गजल भनिन्छ । जस्तै ः
इ सानै उमेर देखि मन् हर्न लागे,
इनै सुन्दरीले जुलुम् गर्न लागे ।
कहाँसम्मको आँट लौ हेर तिन्को,
रिसाएर आँखा पनि तर्न लागे ।
एकैपल्ट आँखा घुमाई दिनाले,
कती मर्न लागे कती डर्न लागे ।
सुनिस् मन् मुनियाँ बडा होस राखेस्,
बिछाएर जाल् कागुनो छर्न लागे ।
बिराना र आफ्ना नराम्रा र राम्रा,
सबै सुन्दरीका अघि सर्न लागे ।
अघि पर्न सक्दीनँ मैले हरीका,
नजर्देखि मोति पनि झर्न लागे ।
बहरे मुतकारिब मुसम्मन सालिम
मोतिराम भट्टद्वारा रचित यो गजलका सबै शेरहरुले एक सुन्दरीका बारेमा वर्णन गरेका हुँदायो मुसलसल गजल हो ।
(ख) गैरमुसलसल गजलः एउटा गजलका शेरहरुले विविध विषयवस्तुलाई समेटेका छन् भनेयस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ । जस्तै ः
प्रेयसीको पत्र आयो विरहकै भारी देखें ।
फर्किएर देश हेरे झनै हाहाकारी देखें ।
सत्य कुरा नस्वीकार्ने समाजका अगुवा रे,
मुख भित्र रामराम वगलीमा आरी देखें ।
हनुमानका गुणहरु युद्धसँगै हराएछन्,
राज गर्दै ढेडुहरु लंका वारिपारि देखें ।
पाडो पाडी जे पावस भतुवालाई विगौति हो,
मालिक सामु कुकुर भन्दा मान्छे वफादारी देखें ।
चंगुलमा कविलाई चक्र जस्तै घुमाउने,
स्वार्थीको यो दुनियाँमा सा¥है मारामारी देखें ।
कविजी
यो गजलका प्रत्येक शेरहरुले भिन्ना भिन्नै विषयवस्तु बारे बोलेका छन् । त्यसैले यो गैरमुसलसल गजल हो ।
२. काफिया
काफिया पनि अरबी शब्द हो यसको अर्थ हुन्छ बारम्बार आउने र गजलमा सबैभन्दामहत्वपूर्ण पनि यहि काफिया नै मानिन्छ ।
तुक मिलेको शब्द, शब्दांश या अक्षर नै काफियाहो यो रदिफ भन्दा ठिक अगाडि आउँछ । शेरहरुमा काफियाको पुनरावृति
नहुनै राम्रोमानिन्छ । काफिया बिना गजलै बन्दैन तर काफिया मिल्दैमा पनि गजल हुँदैन । काफियामास्वर मात्रको समानता हुनु पर्दछ ।
काफिया अनुप्रासयुक्त हुनु पर्दछ अथवा तुक नमिलेकोशब्द, शब्दांश वा अक्षरलाई काफिया बनाउनु हुँदैन । संरचनाका आधारमा काफियाहरु चारप्रकारका हुन्छन् ।
(क) पूर्णशब्द काफियाः– सिङ्गा शब्द नै काफियाका रुपमा प्रयोग भएका छन् भने त्यस्ताकाफियालाई पूर्ण शब्द काफिया भनिन्छ जस्तैः हुने, रुने, धुने, छुने ÷खात, भात, पात, हात,रात ÷खानी, रानी, पानी, नानी आदि । जस्तैः
हामी आ’को देश नयाँ शहर नयाँ नयाँ ।
उस्तै छ घरको याद रहर नयाँ नयाँ ।
गजलकार ज्ञानेन्द्र बेखर्चीद्वारा लिखित गजलको यो शेरमा प्रयोग भएका काफिया शहर ररहर पूर्णशब्द काफिया हुन् ।
(ख) शब्दांश काफियाः– शब्द भित्रको एक अंश मात्र काफियाका रुपमा प्रयोग भएको छ भनेयस्तो काफियालाई शब्दांश काफिया भनिन्छ जस्तै ः पहिचान, प्रस्थान, अनुमान,बलिदान, अवसान ÷चहकिहलो, पोषिलो, पेचिलो, आँटिलो, मलिलो ÷मायालु, दुधालु,बैसालुृ, मैतालु, कृपालु, विषालु, खर्चालु आदि । जस्तै ः
जून निभेको आकाश कति नरमाइलो ।
हरसमय सन्त्रास कति नरमाइलो ।
गजलकार डा. घनश्याम परिश्रमिद्वारा लिखित गजलको यो शेरमा प्रयोग भएका शब्दआकाश र सन्त्रासमा उपन्यासको काश र
सन्त्रासको त्रास मात्र काफियाका रुपमा प्रयोगभएको हँदा यी काफिया शब्दांश काफिया हुन ।
(ग) एकाक्षरी काफियाः– एक अक्षरमात्र कफियाका रुपमा प्रयोग भएको छ भने यस्तोकाफियालाई एकाक्षरी काफिया भनिन्छ ।
जस्तैः हो, यो, सन्चो, कस्तो, मिठो, लामो, जाडो,कालो ÷ जिन्दगी, खुसी, नदी, औषधी, सही, परी, बढी ÷मजा, सिधा, कृपा, निशा, कला, सुरा,कथा, पिता आदि । जस्तैः
व्यथै व्यथा छ मनभरि खुसी खोजुँ कतातिर ।
साउन भदौ छ गहभरि नदी खोजुँ कतातिर ।
गजलकार रवि प्राञ्चलद्वारा लिखित गजलको प्रस्तुत शेरमा खुसी को सी र नदी को दीकाफियाका रुपमा प्रयोग गरिएको छ ।
(घ) मिलित काफियाः– समस्वरात्मक दुईवटा फरक शब्द वा तिनका अंश मिलेर बन्नेकाफियालाई मिलित काफिया भनिन्छ ।
जस्तैः ÷ भन्छ, वन छ, पन छ, गन्छ, आसन छ,खन्छ÷जगत, मन त, फगत, रगत, अब त÷कुन, हुन, आउ न, गर्छु न, रुन आदि । जस्तै ः
घामको लाली घोलेर रातो छ त नी छन त ।
रातको छायाँ परेर हो की अँध्यारो जगत ।
गजलकार बुँद रानाद्वारा लिखित यो गजलमा छन त दुई शब्द र जगत एकै शब्दको संयोजनगरेर प्रयोग गरिएको छ त्यसैले यो
मिलित काफिया अन्तर्गत पर्दछ ।
नोटः– स्वरुपका आधारमा काफियाहरु चार प्रकारका भए पनि प्रयोगका आधारमा भने पाँचप्रकारका हुन्छन् ।
एउटै गजलका शेरहरुका पूर्णशब्द काफिया र शब्दांश काफिया मिश्रितरुपमा प्रयोग भएको छ भने यस्तो काफिया प्रयोग
भएका गजललाई मिश्रित काफिया युक्तगजल भनिन्छ । जस्तै ः पानी, जवानी, कहानी, दानी, सानी, सिरानी÷खण्डहर,
घर, नजर,खबर, निर्झर, भर, कर ÷गाउँ, बताउँ, सुनाउँ, ठाउँ, साउँ आदि । जस्तै ः
तिमी रुदा धेरै पल्ट चाँदनी त्यो रात रोयो ।
वियोगको सन्तापमा, हामी वीचको आघात रोयो ।
गजलकार पुष्प अधिकारी अञ्जलिद्वारा लिखित गजलका यी शेरमा प्रयोग भएको काफियामध्ये रात पुरै शब्द र आघातको
आशिक घात मात्र काफियाका रुपमा प्रयोग भएको हुँदा उक्तगजलमा मिश्रित काफिया युक्त गजल हो ।
३. रदिफ
यो पनि अरबी शब्द हो यसको अर्थ अनुगामी हुन्छ । मतलाका दुवै मिसरा र अन्य शेरहरुकामिसरा ए सानीको अन्तमा प्रयोग हुने
उही पद वा पदावलीलाई रदिफ भनिन्छ । रदिफकम्तीमा एक शब्द देखि तीन शब्दसम्मको हुनु शास्त्रीय दृष्टिले उचित मानिन्छ ।
रदिफकाफियाको ठिक पछाडि प्रयोग हुन्छ तर यो गजलको अनिवार्य तत्व भने मानिदैन् । यसकोप्रयोगले गजलको सौन्दर्य
प्रसानमा महत्वपूर्ण भूमिका खेल्ने र गायनमा श्रुतिमधुरता समेतथपिने हुनाले अधिकांश गजलकारहरु यसलाई त्याग्न सक्दैनन् ।
शब्द प्रयोगका आधारमारदिफहरु चार प्रकारका हुन्छन ः
(क) एकल रदिफः– कुनै पनि गजलका शेरहरुमा एउटा मात्र शब्द रदिफका रुपमा प्रयोगभएको छ भने यस्तो रदिफलाई एकल रदिफ भनिन्छ । जस्तै ः
म नेपाली गर्व गर्छु आगोसँग खेल्न सक्छु ।
यस्तो नाथे मरुभूमि हत्केलाले ठेल्न सक्छु ।
गजलकार बद्री प्रसाद पराजुलीद्वारा लिखित गजलको यो शेरमा सक्छु भन्ने एउटा मात्ररदिफ प्रयोग भएको हँुदा यो एकल
रदिफयुक्त गजल हो ।
(ख) बहुल रदिफः– कुनै पनि गजलका शेरहरुमा यदि दुई या दुई भन्दा बढी शब्दहरु प्रयोगभएका छन् भने यस्तो रदिफलाई बहुल
रदिफ भनिन्छ । जस्तै ः
आफैलाई थाहा छैन कस्तो कस्तो छु म ।
मरेपछि शालिक बन्छ ऐले सा¥है सस्तो छु म ।
गजलकार दुर्गा भुषालले लेखेको यो गजलमा दुईवटा रदिफ छु र म प्रयोग भएको छ ।
त्यस्तै अर्को एक गजल ः
तिम्रो चुरा फुट्ने बेला चिता माथि हाँस्दै थिएँ ।
नियतिले चुट्ने बेला चिता माथि हाँस्दै थिएँ ।
गजलकार बासुदेव अन्जानले लेखेको यो गजलमा चारवटा रदिफ बेला, चिता, माथि, हाँस्दै रथिएँ प्रयोग भएको छ त्यसैले यी
बहुल रदिफ प्रयोग भएका गजल हो ।
रदिफको प्रयोगका आधारमा गजल दुई प्रकारका हुन्छनः
(क) मुद्दरफ गजल ः– जुन गजलमा रदिफको प्रयोग भएको छ त्यो गजललाई मुद्दरफ गजलभनिन्छ । जस्तै ः
अन्धकारमा सँधै दियोको महत्व ।
राष्ट्रिय खेल डन्डीवियोको महत्व ।
भोजराज श्रेष्ठ एकलव्यराजले लेखेको यो गजलमा महत्व भन्ने रदिफ प्रयोग भएको छ ।
(ख) गैरमुद्दरफ गजलः– जुन गजलमा रदिफको प्रयोग भएको हुँदैन त्यस्तो गजललाई गैरमुद्दरफ गजल भनिन्छ । जस्तैः
विद्रोहको राँको बोकी तिमी अघि बढ्नुपर्छ ।
बुर्जुवा यो समाजसँग आगो बनी लड्नुपर्छ ।
इखालु रमेशद्वारा लिखित यो गजलमा रदिफको प्रयोग भएको छैन ।
४. मतला
यो पनि अरबी शब्द हो मतलाको अर्थ हुन्छ प्रारम्भ । गजलको पहिलो शेरलाई मतलाभनिन्छ यसका दुवै मिसरामा काफिया र
रदिफको प्रयोग हुन्छ । जस्तै ः
यो साल यस्तै भयो अर्काे साल आउँछु नानु ।
केही दिन भए पनि मैले छुट्टी पाउँछु नानु ।
(हरि नेपाली विवश)
नदीको वीचमा छाड्यौ मलाई न वार न त पार दियौ ।
जितेनौ तिमीले पनि साथी व्यर्थै मलाई हार दियौ ।
(विक्रम चेतनशील राई)
५. मक्ता
गजलको अन्तिम शेरालाई मक्ता भनिन्छ यो पनि अरबी शब्द हो । यस शब्दले समाप्ति वाकाटीएको भन्ने अर्थ बुझाउँछ ।
यसलाई आखिरी शेर पनि भनिन्छ । नेपालीमा यसलाईअन्तिम शेर नाम दिईएको छ ।
६. तखल्लुस
तखल्लुस भनेको कविको छोटो नाम वा उपनाम हो । गजल सिद्धान्तका केही व्याख्याताहरुलेतखल्लुस प्रयोग नभएको
शेरलाई मक्ता भन्न मिल्दैन पनि भनेका छन तर यो भनाइयुक्तिसंगत छैन् । गजलमा गजलकारले तखल्लुस प्रयोग
गर्न पनि सक्छ नगर्न पनि सक्छ ।तखल्लुस प्रयोग भएको मक्ताको यो शेर ः
अहो कस्तरी छाती छल्क्यो हरिको ।
जसै मोति माला झुलाएर आए ।
(मोतिराम भट्ट)
७. बहर
बहर गजलको सर्वोच्च अनुशासन हो । बहर भनेको छन्द हो । कुनै न कुनै छन्दमा बन्धितहुनु गजलको शास्त्रिय मान्यता हो ।
संस्कृत वाङ्मयमा अनेकानेक वार्णिक र मात्रिकपिङ्गल छन्दहरु भए झै इस्लामिक काव्यशास्त्रमा पनि वर्णमात्रामा आधारित
अनेकशास्त्रिय बहरहरु छन् । गजल लेखनमा केही नेपाली शैलीका लयहरु पनि निकै प्रचलनमाआएका छन् ।
यस्ता बहरहरु उच्चार्थ अक्षरमा आधारित हुन्छन् । वास्तवमा लययुक्तउच्चार्थ अक्षरको एक रुपता आफैमा एक प्रकारको छन्द हो
तर अक्षरको संख्या भने एउटै हुनुपर्दछ र नै सुन्दर लयको सृजना हुन्छ भन्ने केही विद्वानहरुको मान्यता छ भने कसै कसैलेलय
मिल्नु पर्छ मात्रा नै सबैथोक हैन भन्ने पनि गरेको पाईन्छ । जस्तै ः
च्यातिएर धुजाधुजा भएको छ जिन्दगी ।
बेठेगान कताकता बगेको छ जिन्दगी ।
गजलकार ललिजन रावलद्वारा लिखित गजलको यो शेरमा १५ अक्षर छन् ।
खाने र तोड्ने कसम अनौठो ।
कसलाई लाग्छ यो कम अनौठो ।
रमेश हरिलठ्ठकद्वारा लिखित गजलको यो शेरमा ११÷११ अक्षर छन् ।
अब आउनुहोस गजलका गुण र दोषहरुका बारेमा छोटकरीमा चर्चा गरौ ।
स्पष्टताः गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुनपर्दछ । गजलमा अर्थ या भावलाइ
असर गर्ने र अभिव्यक्ति गर्न असजिलो लाग्ने शब्दहरुप्रयोग गर्न हुँदैन ।
पौढता ः गजलका शेरहरु विचार र भावले परिपक्क हुनु पर्दछ ।
अर्थपूर्णताः गजलका शेरहरु अर्थपूर्ण हुनु पर्दछ अर्थ पूर्ण नभएको गजल राम्रो मानिदैन ।
अन्योन्याश्रिता ः गजलको पहिलो मिसराले जुन विषयवस्तुको उपस्थान गर्दछ त्यसलाईप्रमाणित वा पुष्टि गर्ने काम दोश्रो मिसराले
गर्नु पर्दछ ।
गेयात्मकता ः गेयता गजलको पहिलो सर्त हो । गेयगुण विनाको गजल प्राण बिनाको शरीरजस्तै हो । गजलकारले गजल लेख्नु पूर्व
कुनै न कुनै लयलाई आत्मसात गर्न र त्यही लयमागुनगुनाउँदै गजल रचना गर्न आवश्यक हुन्छ ।
व्याख्यात्मकता ः गजल थोरैमा धेरै भनिने विधा हो । गजलका शेरहरुमाका थोरै भन्दाथोरै शब्दहरुले धेरै भन्दा धेरै कुराहर भन्न सक्नु
पर्दछ । उखान टुक्काको समुचित प्रयोग,प्रतिक र विम्बहरुको प्रयोग प्रतिकात्मकता साथै सुकोमल र ह्दयस्पर्शी शब्दहरु र भावलेसजिएको
गजललाई राम्रो मान्ने गरिन्छ । यी असल गजलका गुणहरु हुन । गजलमाअष्पस्टता हुनु हुँदैन । भन्न खोजेको कुरा पुरा भएन भने
त्यो राम्रो गजलमा पर्दैन । गजलकाशेरहरु सरल र सहजबोध्य हुनु पर्छ बुझ्न नसकिने खालको भावले गजलको मर्मलाई प्रभावपार्ने
हुँदा यस्तो दुरुहता हुनेखालको हुनुहुँदैन । गजलका शेरहरु अपूर्ण हुनु हुँदैन भन्न खोजेकोकुरा पूर्ण हुनु पर्दछ । गजलको शेरमा प्रयोग हुने
शब्दहरुलाई व्याकरण विरुद्ध तोडमोड गरिनुहुन्न । गजलको शेरमा असभ्य, अश्लील, नग्नतापूर्ण, कामुक, गुप्ताङ्ग र
तिनकोकार्यसम्बन्धी अशिक्षित समुदायले गर्ने कथ्य शब्दहरुको प्रयोग गर्नु हुँदैन । गजलको शेरमाआवश्यक भन्दा बढी
शब्दहरु प्रयोग भएमा तथा शब्दको अभाव महशुस भएमा विक्षेपनामको दोष उत्पन्न हुन्छ । गजलका शेरहरुमा कोमल शब्दहरुको
प्रयोग हुनुपर्दछ श्रुतिकटुर अर्थका दृष्टिले समेत जटिल शब्दहरुको प्रयोग गर्नु हुँदैन । साथै अनादरवाची शब्दहरुकोपनि प्रयोग गर्नु हुँदैन ।
र अन्त्यमा..................................................
गजल अहिले साहित्यमा सबभन्दा लोकप्रिय विधाका रुपमा चिनिन्छ नेपाली साहित्यआकाशमा गजल भित्राउने श्रेय मोतिराम भट्टलाई
जान्छ । गजलको परम्परागत मान्यताअनुसार श्रृगारिक रसमा प्रेम र प्रेमिकाको वर्णन वा नारी जाति सँग सम्बन्धितविषयवस्तुलाई
समेटेर त्यसबेला गजल लेखिने गर्थे चाहे त्यो “दुई आँखि भौ त गयार छनतरवार पो किन चाहियो” हो स वा “यिनै सुन्दरीले मन हर्न
लागे” भन्ने गजल होस नारी जातिकै वरिपरि घुमेको पाईन्छ । गजल गेय विधा भएको कारणले हुन सक्छ त्यसबेला त्यतिलोकप्रिय
हुन सकेन र विस्तारै सुस्ताउँदै गयो । मोतिराम पछि गजलै भनेर कसैले लेखेकोतथा प्रकाशन गरेको केही बाहेक खासै पाईदैन र लामै
समय सम्म सुस्ताई रह्यो । लामोसमयको अन्तराल पछि परम्परागत श्रृगारिक धारालाई तोड्दै आधुनिक गजल लिएर देखापरे
ज्ञानुवाकर पौडेल । ज्ञानुवाकर सँगसँगै यहि यात्रामा देखा परे मनु ब्राजाकी, ललीजनरावल, कृष्णहरि बराल, घनश्याम परिश्रमि,
बुँद राना लगायतका गजल हस्तीहरु, यहियात्रालाई अंगालेर तपाई हामी पनि हिड्दैछौ । अहिले हामी २१ औं शताब्दिको मध्यतिर
छौअबका गजलहरु जो कसैको फुस्रो वर्णनमा सिमित बन्नु हुँदैन । अब लेखिने गजलमा देशबोल्नुपर्छ, समाज बोल्नुपर्छ ।
अबका गजलले परिवर्तनको शंखघोष गर्नु पर्छ । अन्यायविरुद्ध ढाल बनेर निस्कनुपर्छ, विकृति विसंगतिको भण्डाफोर गर्नु पर्छ ।
गरिब र दुःखिकाआवाज ओकल्नु पर्छ अबका गजलले । राष्ट्रियता र मानवताका गजलहरु आउनुपर्छ अब ।गजलमा सम्पूर्ण
जिन्दगी देखिदै गजलका शेरहरु भित्र तपाई र म पनि देखियौ भने त्योगजल दुरगामी बन्ला र हामी पनि असली गजलकार बन्न
सकिएला नत्र त्यत्तिकै ।
गजलको संक्षिप्त परिचय र यसमा प्रयोग हुने तत्वहरु
'गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दैलयवद्ध,सरल र प्रतिकात्मक रुपमा
मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहरजस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।
गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मतदिएका भएपनी गजलमा हुनुपर्ने
मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न।
यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुकपाठकहरुको लागि उपयुक्त हुने हेतुले
गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु।
गजलका तत्वहरु
(क) शेर
(ख) काफिया
(ग) रदिफ
(घ) मतला
(ङ) मकता
(च) तखल्लुस
(छ) वहर
१. शेर
दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनैगजलको शेर भन्ने गरिन्छ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ।
सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर यसको कुनै कडी-कडाऊ नियमनभएको हुनाले गजलगोले कम्तिमा ३
वटा शेरदेखि जतिपनि शेर लेख्न सक्दछ तर एकदमकम शेर र एकदम अधिक शेरलाईपनि राम्रो मनिन्दैन तसर्थ ५ वटा शेर
भएको गजललाईआदर्श गजल मान्ने गरिन्छ ।
२. काफिया
समस्वरात्मक रुपमा रदिफ भन्दा ठिक अगाडि वारम्वार दोहोरिएर आऊने शव्दनै काफियाहो । काफिया शव्दको अर्थ
अरवी भाषामा पनि 'वारम्वार आऊने' नै हुन्छ र हामीले यो बुझ्नुआवश्यक छ कि गजल् विधा अरब,फारस,हिन्दुस्तान
हुदै नेपालमा भित्रिएको बिधा हो।तसर्थ अरबी भाषामा 'वारम्वार आऊने' वा काफिया गजलको त्यो तत्व हो जुन तत्व
बिनागजल अधुरो हुन्छ,गजल भन्ने बिधाको अलग्गै पहिचान हुदैन, अझ यसो भनौ काफियानैगजलको मुटु हो ।
गजल बिधा भनेर छुट्ट्याउने माध्यम हो ।
काफियालाई सामान्यतया ४ प्रकारले छुट्ट्याऊन सकिन्छ।
(क) पूर्ण काफिया
(ख) अंशिक वा शाव्दिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया
पूर्ण काफिया भन्नाले सिङ्गो शव्दनै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाईपूर्ण काफिया भनिन्छ।
ज्स्तै: खाम, नाम, याम, लाम, दाम गाउँ,जाउँ, आउँ, पाउँ,धाउँ,जाउँ,इत्यादी,
पूर्ण काफिया प्रयोग गरिएर लेखिएको गजलको एउटा उदाहरण हेरौं
नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो
कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो
आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो
सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो
मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो
साभार: एउटा बन्द खाम (ललिजन रावल)
आंशिक/शब्दांश काफिया:
कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई आंशिकवा शब्दांश काफिया भनिन्छ ।
जस्तै: प्रहार,आधार,बिचार, सरोकार, अवतार, इत्यादी ।
उपरोक्त शब्दहरुमा क्रमश: हार, धार, चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छभने
प्रहारको "प्र" आधारको "आ" बिचारको "बि" सरोकारको "सरो" र अवतारको "अव" लेकाफियाको काम गर्दैनन् ।
यहाँ पूर्ण शब्दको केहि
अंशले मात्र काफियाको काम गरेको देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वाशब्दांश काफिया भनिएको हो।
आंशिक वा शव्दांश काफियाको एउटा उदाहरण:
वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु
आसन छ तरवारको देखेको छु आफूलेनै
वाध्य भई खुकुरिको यो धारमा बसेको छु
पराईको घरमा छु आफन्त त टाढा भए
ठुलै सङ्कटमा छु म जङ्घारमा बसेको छु
शहरमा बसेको छु भन्ने सोच्दै थिए तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु
साहुनीको भट्टीजस्तो सानो ठाउमा हैन आज
महलभन्दा ठुलो यो कारागारमा बसेको छु
साभार: पदम गौतम (एकलाशको फूल)
उपरोक्त गजलमा संसारको 'सं', जङ्घारको 'जङ्',वजारको'व'कारागारको 'कारा'लेकाफियाको काम गर्दैन तसर्थ यस्ता काफिया
आंशिक वा शब्दांश काफिया
अन्तर्गत पर्दछन्।
(ग)एकाक्षरी काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिकशव्दको अन्तमा काफियाको रुपमा आउने
एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ।सामान्यतया गजलमा एकाक्षरी काफिया प्रयोग गर्नु राम्रो मानिन्दैन तर पनि
कतिपयगजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा एकाक्षरी काफिया प्रयोग गरेको पाइन्छ।
एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण हेरी हालौं ।
व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर
साउन भदौ छ गहभरी नदी खोजूँ कतातिर
आरु फुल्यो वगैंचामा,पीडा फुल्यो मुटुभरि
चरो परेछ जालमा चरी खोजूँ कतातिर
मुटु चिरी बनाउँ कि रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ,मसी खोजूँ कतातिर
आगोपनि छ छातीमा,हुरी पनि छ छातीमा
चट्टानझैं अडिग जिन्दगी खोजूँ कतातिर
यो भीडमा हरायो कि,त्यो पीरमा हरायो कि
त्यो मेघ जस्तै गर्जने रवि खोजूँ कतातिर
रवि प्राञ्जल (उही बाढी उही भेल)
माथिको उदहरणमा 'सी','दी','री','गी','पी' आदि एकाक्षरी काफिया हुन् ।
'घ' मिलित काफिया: पूर्ण काफिया वा आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मकरुपमा दुई वटा शव्द आएको छन् भने
त्यस्तो काफियालाई मिलित काफिया भन्ने गरिन्छ।
जस्तै: वनी,दन्दनी,फन्फनी,हुन्छ नी,आदि
मिलित काफियाको पनि एउटा उदाहरण तल हेरौं
तिमिलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचन वाणले नहिर्काउ यति सारो कठोर वनी
जव अलिकति शीतल अनुभूति गर्न थाल्छु
तिमी दावानल दन्किदिन्छौ म भित्र दन्दनी
थोरै मात्र भए पनि खुला राख दिल साथी
दयामाया भन्ने कुरा मान्छे भित्रै त हुन्छ नी
आऊ यात्रा गर्न सिक मानवीय धरातलमा
के पाउँछौ कसैलाई फसाउने खाडल खनी
उहि नाग,उनि सर्प,फरक मात्र सोचाइमा
कसैका हो बुध तिमी,मेरो लागि भयौ शनि
माथि माथि खुट्टा देख्छु तल तिर टेक्नै छाड्यौ
इमानको सौदा गरी बन्दै छौ कि महाधनी
डा।घनश्याम परिश्रमी(जून चुहेको रात)
माथिको गजलमा काफिया बनेर आएका 'पनि','वबी','दन्दनी','हुन्छ नी', 'शनि','खनी' र'महाधनी' मिलित काफियाको राम्रो उदाहरण मान्न सकिन्छ।
यसरी गजल विधाको तत्वहरु अन्तर्गत पर्ने काफियाको बिभिन्न स्वरुपहरुवारे चर्चा पछीअव रदिफ को पनि केही चर्चा तल गरिएको छ ।
रदिफ: गजल निर्माण प्रकियामा गजलको श्रुतिमधुरता,सौन्दर्य र एउटा छुट्टैपना वापहिचानको निम्ति काफियापछि निरन्तर दोहोरिएर आउने पद वा पदावलीलाई रदिफभनिन्छ। गजललाई साँगीतिक बनाउनु वा अलग्गै विधा भनेर छुट्ट्याउने कार्यको लागिरदिफको महत्व पनि कम आँक्न मिल्दैन। अझ कुनै कुनै गजल विद्वानहरुले काफिया भन्दापनि रदिफलाई बढी महत्व दिएर लेखेको पाइन्छ,त्यसैगरी हामीले पढ्ने,लेख्ने,सुन्ने वागाइने गजलहरुमध्ये अधिकांश गजलहरुमा रदिफको प्रयोगले पनि रदिफको महत्व बुझ्नसकिन्छ। यति हुँदा हुदै पनि रदिफ बिनाका गजल पनि पर्याप्त मात्रामा भेटिन्छन्।
गजलविधामा रदिफयुक्त गजललाई मुरद्दफ गजल र बिना रदिफका गजललाई गैरमुरद्दफगजल भन्ने गरिन्छ।
त्यसैगरी शव्दसंरचनाको आधारमा रदिफलाई तीन तरिकाले विभाजन गर्न सकिन्छ।
१.पदमूलक रदिफ
२.पदावलीमूलक रदिफ
३.वाक्यात्मक रदिफ
(क)पदमूलक रदिफ: रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ हुन्छ।
जस्तै:
सिक्री वने जस्तै गाडीहरुको लाम छ
सायद जुलुस आउँदैछ सडकै जाम छ
हतारोमा छु म,मैले पुग्नु छ टाढा
कसलाई सुनाऊँ कि मेरो जरुरी काम छ
विभाजनको रेखा अझै गाढानै देख्छु
रहीम छ कसैको अनि कसैको राम छ
मानूँ त कसरि मानूँ,नमानूँ कसरि
यहाँ इज्जत भन्दा धेरै महँगो दाम छ
इमान साँचेर नै के भो,हो भने यस्तै
वेइमानहरुको सूचीमा मेरो नै नाम छ
डा.घनश्याम परिश्रमी(जून चुहेको रात)
उपरोक्त गजलमा रदिफको रुपमा केवल "छ" शव्दमात्र अर्थात एउटा शव्द मात्र आएको छतसर्थ यस्तो गजललाई मुरद्दफ गजलको
रदिफ अन्तर्गत पदमूलक रदिफ मा राख्नसकिन्छ।
(ख)पदावलीमूलक रदिफ:गजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा आएकोछ भने त्यस्तो रदिफलाई पदावलीमूलक
रदिफ भन्ने गरिन्छ।
उदाहरणको लागि वियोगी बुढाथोकीको एउटा गजल हेरौं।
भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ
फुल्न नपाई मनको फूल झरे जस्तो छ
वालुवाझैं सुख्खा थियो मनको मझेरी
कालो मैलो वादल वर्षा टरे जस्तो छ
दन्किएको वैंसको आगो सल्काऊ कसरी
उमेरको यो इच्छा-शक्ति मरे जस्तो छ
नदेखिईनै मनको घाउ दुख्छ जसरी
भन्न हुन्न प्रेमको जालमा परे जस्तो छ
साँच्चै तिम्रा आँखा सागर मोती तिम्रा दन्त
बाडुलीमा परें मेरै कुरा गरे जस्तो छ
वियोगी बुढाथोकी(गजल तिम्रो नाम होइन)
यो गजलमा प्रस्तुत रदिफ "जस्तो छ" दुई शव्द मिलेर बनेको छ,यस अर्थमा यस गजललाईमुरद्दफ गजलको रदिफ अन्तर्गत
पदावलीमूलक रदिफ भित्र रहेको बुझ्न सकिन्छ।
(ग)वाक्यात्मक रदिफ:गजलमा रदिफको रुपमा पुरै वाक्यनै आएको छ भने त्यस्तोरदिफलाई वाक्यात्मक रदिफ भनेर चिनिन्छ।
वाक्यात्मक रदिफको उदाहरणको रुपमा मिजास तेम्बेको एउटा गजल:
निम्तो थियो आउनु भएन,हजुरको ढोकासम्म आएँ
यौटै पत्र पाउनु भएन, हजुरको ढोकासम्म आएँ
मुखमा राम राम,बगलीमा छुरा भन्छन्
कैले मनमा छाउनु भएन,हजुरको ढोका सम्म आएँ
यता आयो यतै ठिक्क,उता गयो उतै ठिक्क
चोखो माया लाउनु भएन,हजुरको ढोका सम्म आएँ
आफैं बोक्सी आफैं धामी,कस्तो चाला हो यो
कतै पनि धाउनु भएन,हजुरको ढोका सम्म आएँ
काग कराउदै गर्छ,पिना सुक्दै गर्छ
जीवनको गीत गाउनु भएन,हजुरको ढोका सम्म आएँ
मतला:
गजलको प्रत्येक दुई पङ्क्तिलाई शेर भनिन्छ,शेरको पहिलो पङ्क्तिलाई मिसरा-ए-उला रदोश्रो पङ्क्ति लाई मिसरा ए-सानी भन्ने
गरिन्छ तर गजलको प्रारम्भको शेरलाई भने मतलाभनिन्छ अर्थात गजलको सुरुवाती शेरलाई मतला भनेर चिनिन्छ। मतलाको
दुवै मिसरामाकाफिया हुनु अति आवश्यक हुन्छ,अन्यथा त्यो मतला नभएर शेर मात्रा बन्न जान्छ तसर्थकम्तिमा दुवै मिसरामा
काफिया हुनु भने जरुरीनै हुन्छ । यदि गजल मुरद्दफ छ भने काफियासंगै रदिफ पनि आउने गर्दछ र गजल गैरमुरद्दफ छ भने
काफिया मात्रै भए पनि मतला भनेबन्न सक्दछ ।
कुनै कुनै गजलकारले एउटा मात्र नभई दुई दुई वटा मतला सिर्जना गर्दछन्,यसरी दुई दुई वटामतला आएमा पहिलो मतलालाई
मतला-ए-उला र दोश्रो मतलालाई मतला-ए-सानी वाहुस्ने-मतला भन्ने गरिन्छ।
मतलाका केहि उदाहरणहरु
"तिमीलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचनवाणले नहिर्काउ यति सारो कठोर वनी"
"धनमाया पहेंला ती सबै सुन होइनन्
मनमाया उजेला ती सबै जून होइनन्"
मकता:
गजलको अन्तिम शेर वा टुङ्ग्याउनीलाई मकता भनिन्छ।
कुनै कुनै विद्वानहरुले तखल्लुसयुक्त(उपनाम)अन्तिम शेरलाई मात्र,मकता भनिनेअवधारणा राखेका भए पनि संरचनाको
आधारमा र गजलको अन्तिम शेर गजलगोले आफ्नोसम्पूर्ण वयान वा भनाई टुङ्ग्याएको अर्थमा सिर्जना गर्ने भएकोले
तखल्लुसयुक्त अन्तिमशेर मात्र होइन,तखल्लुस बिनाको अन्तिम शेरलाई पनि मकतानै भनिन्छ।
समाप्त
समाप्त







