लोक – छन्द (साभार : छन्द – पराग ) - आनन्द श्रेष्ठ
१)असारे – झ्याउरे (३+२+३+२+३+३=१६)
जस्तै : सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान,
२) सवाई (४+४+४+२ =१४)
जस्तै : समय यो बगिर'न्छ नदी बगे जस्तै
मान्छे खोज्छ डुब्न यहाँ हावा हुरी जस्तै,
जस्तै : पैले बाज्या पालामा
रुप्या गन्थे डालामा,
४)मारूनी (४+३+३ = १०)
जस्तै : मेरो माया आउँछौ कि भनेर
भीरको बाटो सम्मै छ खनेर,
५)बालौरी (४+२ = ६ वा ४+३=७)
जस्तै : ताराबाजी लै लै
मामा आए घोडा,
वा
सानी सानी छोरी छ
काली ह्वैन गोरी छ
६)घाँसे (काठे भाका) (१८ देखि २१ अक्षर)
जस्तै : आजै र म त घाँस काट्न गएँ टिकी त खस्यो पातमा
बैरागी ज्यानको मन बुझाई दिने कोही छन् कि साथमा,
७)झ्याउरे ( १९ देखि २० अक्षर )
जस्तै : गाइने दाइ आएर गाए सबैलाई धुरुरु रुवाए
बीस हुन्छ अक्षर भन्दै झ्याउरेमा सँसारै अटाए,







