गजल


हास्थ्यौ र पो सारा हास्थ्यो ,रुदा तिमि सहर सुन्य
बैंस थ्यो र सबै हेर्थे , तन ढल्क्यो नजर सुन्य

नसकेर थेग्न लाई ,जवानी त्यो बेईमानी भो
आस्तायो र मन् को चाह , बैसालु त्यो बगर सुन्य

आयो दिन बिती गयो बाँकी रहे रहर सारा
हाँस्दै बित्यो झुल्के घाम , गोधुलीको प्रहर सुन्य

घुम्थे धेरै भमरा त्यी , बैस को त्यो चढाब देखी
कठै बित्यो बैस छीटो ,जवानी को लहर सुन्य

भोक निद्रा प्यास शेष ,बितृष्णा भै जीवन संग
नपुग्दै त्यी मन् का धोका , काल आयो जहर सुन्य
नरेश रोकाहा , दरौ - २ , कुन्चेबारी स्याङ्गजा ,गण्डकी नेपाल . हाल : यु ए ई दुबई
http://picasion.com
http://picasion.com
http://picasion.com
..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ.............. ..........यहाँहरुलाई हार्दिक स्वागत छ मेरो यस ब्लगमा ................. यहाँ छ अनमोल आँशु पिएर बाँचेको कथा .... चट्टान बिच थिचिएर बाच्नु परेको कथा.........,दर्द,पींडा.चोट,व्यथा अनेक खपेर बाच्नु परेको कथा...आउनुहोस् एकैछिन संगै दुख:सुख साटौ..............